८ बैशाख २०८१, शनिबार | April 20, 2024

भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप परीक्षण हुने



काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए ।

मदुरोले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताए । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ ।

रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ ।

रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन् ।

उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल