२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ, मलद्वारमा भेटियो १ किलो सुन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् । मलद्वारभित्र कालो प्लास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो । उक्त सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  २ : ३२ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,