बुटवल । प्रहरीले आज बिहान असार बुटवलको मिलनको आईसीआई पथमा हत्या गरेर फरार रहेका ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखांची पाणिनी गाउंपालिका वडा नं.२ स्थायी घर भई हाल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ बस्दै आएका ३६ वर्षिय बालकृष्ण न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार न्यौपानेले आज बिहान बुटवल उप-महानगरपालिका वडा नं. ९ मिलनचोक आईसिआई पथमा पछि नामथर खुलेका गुल्मी मालिका गाउंपालिका वडा नं ६ का २९ वर्षिय ज्योति वि.क.को टाउको तथा निधारको भागमा ढुंगाले हानी हत्या गरि फरार रहेका थिए । फरार न्यौपानेलाई लुकिछिपी बसेको अबस्थामा बुटवल उप-महानगरपालिका वडा नं. ८ सुख्खानगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई रुपन्देही जिल्ला अदालतबाट म्यादथप अनुमति लिएर कर्तब्य ज्यानमुद्धामा थप अनुसन्धान कार्य भई रहेको छ ।


















प्रतिक्रिया