२७ माघ २०८२, मंगलबार | February 10, 2026

त्रिदेशीय टी-२० सिरिज : नेपालले टस हार्यो, करणको ठाउँमा रिजन खेल्ने



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस हारेको छ ।

स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेंरिग्टनले टस जितेर ब्याटिङ रोजेका हुन् । स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालले बिहिबार नेदरल्याण्ड्ससँग खेलेको टिमबाट करण केसीलाई आराम दिदै रिजन ढकाललाई मौका दिएको छ । दुवै टोली खेल जितेर सिरिज आफ्नो नाममा गर्ने लक्ष्यमा रहेका छन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।

नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।

पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : ३२ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी

आर्थिक सुधारमा जोड दिँदै नेकपाले ल्यायो चुनावी प्रतिबद्धतापत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई