१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण छ : मन्त्री पाण्डे



पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्ण भएको बताएका छन ।

स्यस्य समाज यल र ललितपुर महानगरपालिका-१६ को आयोजनामा आज मङ्गलबजारमा भएको निःशुल्क बृहत् स्वास्थ्य शिविर एवं मस्तिष्क मृत्युपश्चात् मानव अङ्ग प्रत्यारोपण बारेमा सचेतना तथा सम्मान कार्यक्रममा मन्त्री पाण्डेले नेपाली डाक्टरहरूको अथक मेहनत, परिश्रम र लगनशीलताले विकसित देशहरूको तुलनामा मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यो गौरवको कुरा भएको बताए ।

“मानव अङ्ग प्रत्यारोपणका क्षेत्रमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले कीर्तिमानी कायम गरेको छ, यो हामी सबै नेपालीको लागि निकै गौरवको कुरा हो, हामीले स्वास्थ्य क्षेत्रमा जेजति उपलब्धि हासिल गरिरहेका छौँ, यसका लागि यो क्षेत्रमा क्रियाशील डाक्टरहरूको ठूलो मेहनत, परिश्रम, साधना, समर्पण जोडिएको छ, यस महत्त्वपूर्ण योगदानप्रति नेपाल सरकारबाट हार्दिक सम्मान प्रकट गर्न चाहान्छ,” उनले भने ।

समारोहमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर पुकारचन्द्र श्रेष्ठसहित विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : २६ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a