१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन



झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/०८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०/०८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकोमा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार सङ्कलन भएको छ ।

यसैगरी तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार, दलहनबाट २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

मेची भन्सारबाट चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी सोही अवधिमा ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ४३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा