२४ भदौ २०८३, बुधबार | September 9, 2026

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन



झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ ।

यद्यपि, राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आव २०८२/८३ का लागि कार्यालयलाई रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।

यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो ।

मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात-निर्यात नाकामध्ये एक हो । यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ३५ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ