१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक



इलाम । सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन (आइपिएम) कृषक पाठशाला कार्यक्रम वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मीपुरमा विस्तार गरेको छ । नगरपालिकाले सो कार्यक्रम विसं २०७५ देखि कार्यान्वयनमा ल्याएको थियो ।

यस कार्यक्रमअन्तर्गत प्रत्येक समूहमा २५ जना किसान सहभागी छन् । हाल पाठशालामा अकबरे खुर्सानीको जैविक खेती विषयमा प्रशिक्षण तथा व्यावहारिक अभ्यास जारी रहेको सूर्योदय नगरपालिका कृषि शाखाका प्रमुख प्रज्ञा पोखरेलले बताइन ।

प्रशिक्षक खेमराज भट्टराईका अनुसार पाठशालामा सहभागी किसानलाई एक यामको अवधिमा बालीको सम्पूर्ण जीवनचक्र हेर्न र सिक्न सक्ने अवसर प्रदान गरिन्छ । सहभागीहरूले खेतबारीमै प्रयोगात्मक सिकाइ गर्दैछन् । “हामीले यसपटक खेतमै सिक्ने, गरिखाने र कम विषादी प्रयोग गर्ने तरिका बुझेका छौँ”, सूर्योदय-१ की कविता सापकोटाले भनिन । आइपिएम विधिले विषादीको प्रयोग न्यून गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने भएकाले स्थानीय सरकार यस विधिलाई विस्तार गर्ने तयारीमा रहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

उनका अनुसार, नगरपालिकाले आगामी वर्ष अन्य वडामा पनि पाठशाला विस्तार गर्ने योजना बनाएको छ, यसबाट स्थानीयस्तरमै किसान आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ४८ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै