३१ असार २०८३, बुधबार | July 15, 2026

भिजिट भिसाबारे छानबिन समिति बनाएकोमा माओवादीद्वारा खुशी व्यक्त



काठमाडौं। भिजिट भिसा प्रकरणको छानबिन गर्न शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुशी व्यक्त गरेको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए ।

‘यो प्रकरणमा एकातिर संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ, यो छानबिन निष्पक्ष रूपले होस् र हुनेछ भन्ने हाम्रो अपेक्षा छ, अख्तियारको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू रहेका छन्, जुन बिषयमा समितिले अध्ययन गर्नेछ।’ बैरागी नेतृत्वको समितिले तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास पुनले गरेका छन ।

सरकारले हिजो बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसको जानकारी गृहमन्त्री रमेश लेखकले आज संसदमा गराएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ०४ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली