१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै



काठमाडौं । सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो ।

कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तर्क्रिया कार्यक्रमको तयारी गरेको हो ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलले कृषक र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिए । मुलुकको आर्थिक विकास, समाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत प्रयोग गरिने धान प्रमुख खाद्यान्न बाली हो । औसत नेपालीको जीवन निर्वाह गर्ने अन्नका रूपमा लिइन्छ ।

महानिर्देशक सञ्जेलले धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०६१ असार १५ देखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदै आएको बताए ।

आर्थिक वर्ष २०८०र८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएकामा आव २०८१र८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन भएको थियो ।

आव २०८०र८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकामा आव २०८१र८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो । धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कूल उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । रासायनिक मल, उन्नत जातको बीउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ११ : १८ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०