२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाल्पामा हत्या गरि २१ वर्ष देखि फरार सार्की नेपालगन्जबाट पक्राउ



बुटवल । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला-१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गा.वि.स. वडा नं. ९ हाल पूर्वखोला-१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सार्कीलाई बिहिबार बिहान ४ बजे बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको जमुनाहा स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

२०६१ असार १९ गते अन्दाजी साँझ ६ः३० बजेको समयमा पाल्पा, साविक सिलुवा(९ हाल पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडाकी ५५ वर्षिया चिनीसरा सार्कीको हत्या गरि पूर्णबहादुर फरार रहेको डीएसपी मल्लले बताए ।

सार्कीमाथी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४९१० बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ३ : ५३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार