१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले रुपन्देही र नवलपरासीका उद्योगहरूको अध्ययन अवलोकन भ्रमण गरेको छ । मञ्चले उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यसाथ शुक्रबार अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरेको हो ।

मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो । टोलीले तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको ‘केपीआई हेल्मेट’ उद्योग र नवलपरासीको रामग्राम नगरपालिकामा रहेको ‘एसियन कंक्रिटो’ उद्योगको भ्रमण गरेको थियो ।

भ्रमणका क्रममा ‘केपिआई हेल्मेट’का निर्देशक सीमा बस्याल पाण्डेयले उत्पादनको प्रक्रिया, उद्योग सञ्चालनका पद्धती र यहाँ देखिएका व्यावसायिक समस्याहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् ।

२०७३ सालमा सञ्चालनमा आएको केपीआई हेल्मेट नेपालमै उच्च गुणस्तरको सुरक्षात्मक हेल्मेट उत्पादन गर्ने अग्रणी उद्योगहरूमध्ये एक रहेको उनले दाबी समेत गरिन् । सो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्दै आएको उनले बताइन् । नेपाली बजारका लागि मात्रै होइन, भविष्यमा निर्यात पनि गर्ने योजना रहेको जानकारी दिइन् । कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो ।

त्यस्तै, एसियन कंक्रिटोका भाइस प्रेसिडेण्ट श्यामलाल झाले आफ्नो उद्योगको अवस्था, उत्पादन र विस्तार योजनाबारे सहभागीहरूलाई जानकारी गराए । निर्माण सामग्री क्षेत्रमा उल्लेखनीय स्थान बनाएको एसियन कंक्रिटोले हाल नेपालका विभिन्न ठूला निर्माण परियोजनामा योगदान दिइरहेको उनले बताए । साथै, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार राज्यमा पनि यसको माग तीव्र गतिमा बढ्दै गएको जानकारी गराए । उद्योगले गुणस्तरीय प्रोडक्ट, समयमै आपूर्ति र प्रतिस्पर्धी मूल्य नीति अवलम्बन गर्दै आएको उनको दाबी छ ।

मञ्चका अध्यक्ष राजन कसजुले भ्रमणलाई अत्यन्तै जानकारीमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिए । उनले भने, “स्थानीय उद्योगको काम गर्ने शैली, उत्पादन प्रक्रिया र चुनौतीहरूको प्रत्यक्ष अनुभवले दीर्घकालीन साझेदारी, व्यवसायिक सिकाइ र नयाँ बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।” उद्योग अवलोकन भ्रमण कार्यक्रमले युवा उद्यमीहरूलाई नेपाली उत्पादन प्रणालीबारे बुझ्ने, उद्योगसँग प्रत्यक्ष संवाद गर्ने र नविन सोचको विकासमा मद्दत पुर्‍याउने विश्वास गरिएको बताए । मञ्चले आगामी दिनमा यस्ता थप भ्रमण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ४ : ३४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले