३१ असार २०८३, बुधबार | July 15, 2026

पर्वतको नेपानेमा जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते



पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ३५ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा