४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ६१, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन शून्य दशमलव शून्य नौ, जलविद्युत् शून्य दशमलव ५४, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह एक दशमलव ५८, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार शून्य दशमलव २७ र अन्य समूह एक दशमलव ३५ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव ५७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : २४ बजे

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१