२० श्रावण २०८३, बुधबार | August 5, 2026

अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम



बुटवल । धान दिवसका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु शंकर भट्टराई, मोतिलाल पाण्डे, यमलाल लोहनी, पदम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, संस्थापक महासचिव गोपाल अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीक हकहितका लागि स्थापित संघले आर्थिक समृद्धिका लागि व्यवसायीक एकतामा जोड दिनु पर्ने बताए । उनले हिजोको कठिन परिश्थतीमा जन्मेको व्यापार संघलाई अगाडी बढाउन धेरै व्यक्तिहरुको पसिना बगेको उल्लेख गर्दै व्यवसायमा आएको चुनौतिलाई हटाउन सबै लाग्नु पर्ने धारणा व्यक्त गरे ।

उपसमितिका संयोजक सरोज ज्ञवालीको अध्यक्षता तथा सह-सचिव कल्पना शर्माको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक महासचिव गोपाल ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपसमितिका सल्लाहाकार मनिमदिन मिया लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : १० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल