४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिरोले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो



गुल्मी । गएराति परेको अविरल वर्षाले पहिरो खस्दा गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकिएको छ । उक्त सडक अन्तर्गत चन्द्रकोट गाउँपालिका-८ र मुसिकोट नगरपािलका-५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सडकमा आवागमन खुलाउन स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शिवधनप्रसाद कठरियाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन ।

पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । आवागमन रोकिँदा वामीटक्सारबाट रिडिहुँदै पाल्पा र बुटवलसम्म जाने सवारी साधनसाधनबीच बाटोमा रोकिएका छन । उक्त सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधन सञ्चालन हुने सडक अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : ०९ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका