७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा



नयाँदिल्ली । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् ।

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ ।

भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको छ । गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ ।

राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ ।

बिमान हस्तान्तरण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बिमानहरु माली र सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए ।

हालसम्म रुसी लडाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल बिमान पनि उपलब्ध भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ३ : ५९ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका