काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष संविधान संशोधन, गठबन्धन, महाधिवेशन र अनुशासनका विषयमा तीखा प्रश्न उठाएका छन्।
सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति समिति बैठकमा बोल्दै नेता कोइरालाले सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको प्रगतिबारे सभापतिले जवाफ दिनुपर्ने माग गरे।
कोइरालाले कांग्रेस(एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने आफ्नो अडान रहे पनि सत्ताको नेतृत्व एमालेलाई किन दिइएको हो भनी प्रश्न समेत गरेका छन् । उनले भने, ’के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु यदि संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा उल्लेखित त्यो बुँदा कहाँ पुग्यो ?’
कोइरालाले मंसिरमा हुनुपर्ने महाधिवेशन नभए सभापति र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।
अनुशासन समितिप्रति पनि कोइरालाले असन्तुष्टि जनाएका छन्। उनले सभापति देउवाले चितवनमा दिनेश कोइरालालाई आफूले उठाएको भन्दै कारबाहीको कुरा गरेको दाबीप्रति आधार मागे। अनुशासन समितिले सिफारिसहरूमा चिठी काट्नसमेत नसकेको भन्दै उनले समितिको कमजोरी औंल्याए।
कोइरालाले विगतका निर्णयमा पनि प्रश्न उठाए। उनले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता र क्रियाशील सदस्यताको १० वर्षे अवधि पुगे(नपुगेको’दयगत प्रश्न गरे। यस्तै, सर्वोच्च अदालतबाट आर्थिक अनियमिततामा दोषी ठहर भएका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई किन हटाइएको छैन भनी उनले प्रश्न गरे। उनले यस्ता घटनाले पार्टीलाई भएको क्षतिबारे सभापति र पदाधिकारीले बुझ्नुपर्ने बताए।
गत पुसमा कांग्रेस सर्लाहीका नेता(कार्यकर्ताले सिंहलाई आर्थिक अनियमितताको कसुरमा सर्वोच्चबाट दोषी ठहर भएको भन्दै सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिँदै बर्खास्तीको माग गरेका थिए।
दुईदुई महिनामा बस्नुपर्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ११ महिनापछि सुरु भएको हो । यो बैठकमा पार्टीको आगामी रणनीति, सङ्गठन सुदृढीकरण, संविधान संशोधन, महाधिवेशन र अनुशासनका विषयमा छलफल हुने बताइएको छ ।


















प्रतिक्रिया