२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेस बैठकमा शेखर कोइरालाका तीखा प्रश्न, सभापतिसँग जवाफ माग



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासमक्ष संविधान संशोधन, गठबन्धन, महाधिवेशन र अनुशासनका विषयमा तीखा प्रश्न उठाएका छन्।

सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति समिति बैठकमा बोल्दै नेता कोइरालाले सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको प्रगतिबारे सभापतिले जवाफ दिनुपर्ने माग गरे।

कोइरालाले कांग्रेस(एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने आफ्नो अडान रहे पनि सत्ताको नेतृत्व एमालेलाई किन दिइएको हो भनी प्रश्न समेत गरेका छन् । उनले भने, ’के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु यदि संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा उल्लेखित त्यो बुँदा कहाँ पुग्यो ?’

कोइरालाले मंसिरमा हुनुपर्ने महाधिवेशन नभए सभापति र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए।

अनुशासन समितिप्रति पनि कोइरालाले असन्तुष्टि जनाएका छन्। उनले सभापति देउवाले चितवनमा दिनेश कोइरालालाई आफूले उठाएको भन्दै कारबाहीको कुरा गरेको दाबीप्रति आधार मागे। अनुशासन समितिले सिफारिसहरूमा चिठी काट्नसमेत नसकेको भन्दै उनले समितिको कमजोरी औंल्याए।

कोइरालाले विगतका निर्णयमा पनि प्रश्न उठाए। उनले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता र क्रियाशील सदस्यताको १० वर्षे अवधि पुगे(नपुगेको’दयगत प्रश्न गरे। यस्तै, सर्वोच्च अदालतबाट आर्थिक अनियमिततामा दोषी ठहर भएका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई किन हटाइएको छैन भनी उनले प्रश्न गरे। उनले यस्ता घटनाले पार्टीलाई भएको क्षतिबारे सभापति र पदाधिकारीले बुझ्नुपर्ने बताए।

गत पुसमा कांग्रेस सर्लाहीका नेता(कार्यकर्ताले सिंहलाई आर्थिक अनियमितताको कसुरमा सर्वोच्चबाट दोषी ठहर भएको भन्दै सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिँदै बर्खास्तीको माग गरेका थिए।

दुईदुई महिनामा बस्नुपर्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ११ महिनापछि सुरु भएको हो । यो बैठकमा पार्टीको आगामी रणनीति, सङ्गठन सुदृढीकरण, संविधान संशोधन, महाधिवेशन र अनुशासनका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : १७ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज