खजुरा । बाँकेको खजुरा गाँउपालिका ४ एक गाउँमा बिषाक्त खानाका कारण १३ जना बिरामी भएका छन् । गत १४ गते राति गरिएको भातखुवाई कार्यक्रमको खानपिनमा सरिक भएका मध्य १३ जनालाई झाडापखाला लागेको हो ।
स्थानीय निश्मा विष्टको छारीको भातखुवाई कार्यक्रममा खाना खाएका मध्य १३ जना बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी मध्य ४ जनाको स्थानीय बाँके सिटी अस्पताल, खजुरामा उपचार भैरहेको छ भने अन्य बिरामी उपचारपछि घर फर्केको बताइएको छ । अस्पतालमा उपचाररत बिरामीहरुमा मिनाकुमारी मगर, सीता बुढा क्षेत्री, लिलावती विष्ट र खुसी विष्ट रहेका छन् । उनीहरुको अवस्था पनि सामान्य बन्दै गएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
आज बिहान मात्र सिटि हस्पिटल खजुरामा उपचार भैरहेको बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिन खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बि क ९तुफान०, उपाध्यक्ष मन्जु मल्लसहितको टोली अस्पताल पुगेका थिए । अध्यक्ष बिकले घट्ना बारे आवश्यक अनुसन्धान गर्न सम्बन्धि निकायमा अनुरोध गरेका छन् ।


















प्रतिक्रिया