१४ बैशाख २०८३, सोमबार | April 27, 2026

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ६७ औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले हवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण गरिनुपर्ने खाँचो औँल्याए ।

पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यको जानकारी दिँदै सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गरे । उनले निगमको उद्देश्यअनुरुप कटिबद्ध भई नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिँदै सुलभ, भरपर्दो र नियमित सेवामार्फत विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिए ।

वायुसेवा निगमले स्थापनाको ६७ औँ वार्षिकोत्सव साताव्यापीरुपमा रचनात्मक कार्यक्रमका साथ मनाएको हो । निगमको नयाँसडकस्थित केन्द्रीय कार्यालयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।

वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित आकास भैरव पूजामा पर्यटनमन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्षले आकास भैरवको पूजा गरे । वार्षिकोत्सवका अवसरमा निगमद्वारा नवनिर्मित डाटा सेन्टरको पर्यटनमन्त्री पाण्डेले उद्घाटन गरे । तत्पश्चात् निगमको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरीमा पर्यटनमन्त्री, निगमका पदाधिकारी एवं कर्मचारी सहभागी भई भूगोल पार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालय परिसरमै आएर प्रभातफेरी कार्यक्रम सभामा परिणत भएको थियो ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ‘ए’ ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तरराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइडबडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ‘ए’ ३२० सिरिजका विमानमार्फत अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्विनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : २९ बजे

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी