२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कांग्रेस सभापति देउवाद्वारा रामअयोध्या यादवको निधनप्रति दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।

यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । स्व यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उनले उल्लेख गरे ।

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो । विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए । यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ११ : ४६ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा