११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अक्टोबरमा हाप्किडोकोे दोस्रो राष्ट्रिय भर्चुअल च्याम्पियनसिप



काठमाडौं । नेपाल मार्शल आर्टस हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । संघका महासचिव सुवर्ण बिसीका अनुसार च्याम्पियनसिप आगामी १०–१५ अक्टोबरमा हुने छ ।

संघले आयोजना गर्न लागेको यो पहिलो भर्चुअल च्याम्पियनसिप हो । समग्रमा भने हाप्किडोको यो दोस्रो भर्चुअल च्याम्पियनसिप हो । यसअघि पहिलो भर्चुअल च्याम्पियनसिप नुवाकोट जिल्ला हाप्किडो संघले आयोजना गरेको थियो ।

च्याम्पियनसिपमा सेल्फ डिफेन्स, हाई फल÷लङ फल र वेपन टेक्हनिकमा प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा सहभागी खेलाडीले १० देखि १५ अक्टोबरभित्र आफ्नो भिडियो पठाइसक्नुपर्ने छ ।

खेलाडीहरुले पठाएको भिडियोको आधारमा च्याम्पियनसिपको नतिजा २० अक्टोबरमा सार्वजनिक गरिने संघले जनाएको छ । विजेता खेलाडीहरुले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । संघले कोभिड १९ महामारीको समयमा समेत आफ्ना खेलाडीलाई खेलप्रति सक्रिय बनाइराख्न भर्चुअल प्रतिस्पर्धाको आयोजना गरिएको संघले जनाएको छ ।

‘कोभिड १९ संकटको यो समय सबैमा त्रास फैलिएको छ । नियमित अभ्यास र प्रतिस्पर्धामा हुने खेलाडीसमेत लामो समय घरभित्रै बस्नुपर्दा थप समस्या थपिएको छ’, संघका महासचिव बिसी भन्छन्, ‘खेलाडीहरुलाई यो समस्याबाट मुक्त गराउनका लागि पनि भर्चुअल च्याम्पियनसिपको आयोजना गरिएको हो ।’

संघले प्रतिस्पर्धामा सहभागी हुनेभिडियो तीनदेखि पाँच मिनेटसम्मको हुनुपर्ने जनाएको छ । प्रतिस्पर्धामा सहभागी सबैले हाप्किडोको ड्रेस लगाएको हुनुपर्ने तथा भिडियोसँगै सहभागी खेलाडीको पूरा नाम र ठेगाना पनि राखिएको हुनुपर्ने नियम संघले बनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ८ : २७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना