२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कर्णाली प्रदेशको भौतिक मन्त्रालयका सवारी चालकको शव फेला



सुर्खेत । यही असार ६ गतेदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेशस्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव आज भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए ।

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । खोजतलासका क्रममा आज बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ०६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती