४ पुस २०८२, शुक्रबार | December 20, 2025

कलाकार लक्ष्मी श्रेष्ठको निधन



काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन् ।

‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, जसले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनायो ।

लामो समयदेखि अभिनय क्षेत्रमा क्रियाशील लक्ष्मीले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन् । यस्तै, थुप्रै चलचित्र र म्युजिक भिडियोहरूमा पनि उनी देखिएकी थिइन् । शिवहरि पौड्याल निर्देशित फिल्म लक्का जवानमा समेत उनले अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको