६ बैशाख २०८३, आइतबार | April 19, 2026

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि बिजयता खेलाडीलाई अध्यक्ष प्रचण्डको बधाई



नेपालगन्ज । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकोमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्चाल मार्फत अध्यक्ष प्रचण्डले उपाधि जित्न सफल गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल मलेसियामा जारी एसिसी पुरुष यु(१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । नेपाल सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि शुशिल बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिएका थिए ।

नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ०९ बजे

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग