१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ११, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव १४ र व्यापार शून्य दशमलव ८८ प्रतिशतले बढेको छ ।

विकास बैंक एक दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव २५, जलविद्युत् एक दशमलव शून्य पाँच, जीवन बिमा एक दशमलव ३०, लघुवित्त शून्य दशमलव शून्य छ र निर्जीवन बिमा शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य आठ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको रू ४९ करोड ४० लाख आठ हजार ४८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता खरिदबिक्री भएको छ ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ४ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा