१० भदौ २०८३, बुधबार | August 27, 2026

चिकित्सक संघको आन्दोलनका कारण देशभर आकस्मिकबाहेक सेवा ठप्प



काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा सोमबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ ।

संघले उपभोक्ता अदालतका पछिल्ला केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, चिकित्सकहरूको मनोबल गिराएको र उनीहरूलाई असुरक्षित वातावरणमा काम गर्न बाध्य बनाएको आरोप लगाउँदै अस्पतालको सेवा बन्द गरेको हो।

संघका अनुसार आन्दोलन असार २० गतेदेखि नै सुरु गरिएको हो। महासचिव डा। सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा पाटन अस्पतालमा समेत ओपिडी सेवा बन्द गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। अस्पताल परिसरमै नाराबाजीसहित विरोध प्रदर्शन भइरहेको छ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : ५० बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट