३० असार २०८३, मंगलबार | July 14, 2026

२२ अङ्कले घट्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ६१ र म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७९, विकास बैंक शून्य दशमलव ८१, वित्त तीन दशमलव ७६, जलविद्युत् एक दशमलव ०२ र लगानी समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन एक दशमलव २४, लघुवित्त शून्य दशमलव ७०, निर्जीवन बिमा शून्य दशमलव ६६, व्यापार एक दशमलव २५ र अन्य समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ८० करोड ७० लाख ५६ हजार चार सय ५१ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १२ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित