३ पुस २०८२, बिहिबार | December 18, 2025

बुद्ध एयर ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’ बाट सम्मानित



काठमाडौं । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ ।

देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो ।

यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो ।

प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ ।

बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन् । बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

ट्रिप एडभाइजरले सन् २०१८ मा नेपालको राजधानी काठमाडौंलाई विश्वका उत्कृष्ठ गन्तब्यको सूचीमा राखेको थियो । त्यस्तै सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा काठमाडौं परेको थियो ।

संसारकै सबैभन्दा ठूलोमध्येको वेबसाइट अमेरिकाको ट्रि एडभाइजरले विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ । यसका ३२ करोडभन्दा बढी सदस्य छन् । यो वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गरेका छन् ।

सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, युरोप, एसिया, अफ्रिका, मध्यपूर्व, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ३ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका