नवलपुर । नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३, भूपती चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराती एक महिलाको ज्यान गएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।
गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग–७–प–२७२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका ३५ बर्षिया इन्दिरा कोईराला र ३० वर्षीया शोभा सिग्देल लाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी इन्दिरा कोईरालाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने शोभा सिग्देलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मोटरसाइकल चालक हुप्सेकोट–२ का ३५ वर्षीय निशानसिंह ठकुरी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया