३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णाली विकास बैंक अनियमितता प्रकरण : राष्ट्रबैंकका तत्कालिन अनुगमन अधिकृत पक्राउ



काठमाडौं । बैंकको अवस्था खराव रहेकै अवस्थामा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन बनाउने एकजना राष्ट्रबैंकका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक अनियमितता प्रकरणमा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन दिने राष्ट्रबैंकका एकजना तत्कालिन अनुगमन अधिकृत पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत रहेका छन् । कर्णाली विकास बैंकका ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा सीआईबीले बस्नेतलाई पक्राउ गरेको हो । काठमाडौंको टोखाबाट बस्नेतलाई पक्राउ गरिएको बताइएको छ ।

बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका बस्नेतले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको सीआईबीको आरोप छ । राष्ट्रबैंकबाट अनुगमनमा आउने टोलीलाई बैंक प्रशासनले ‘सुरा सुन्दरी’को ब्यवस्था गरिदिने गरेको बैंककै कर्मचारीहरुले नाम नछाप्ने शर्तमा बताएका छन् ।

यसअघि नै सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । त्यस सम्बन्धमा सीआईबीसहित प्रहरी उच्च अधिकृतहरुसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए ।

यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेर ल्याएको थियो भने अर्का पूर्व अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिएको थियो। बैंक ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २७ बजे

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

घुस प्रकरणमा टेलिकमका पूर्वएमडी सुनील पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन

नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का