१५ माघ २०८२, बिहिबार | January 29, 2026

पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नविकरण भएको छैन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको बताएका छन् । शुक्रबारको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण नभएको बताएका हुन् ।

उनले सदस्यता नविकरणका विषयमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताए । ‘पार्टीको सदस्यता नवीकरण भएको छैन। सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो ।’ उनले भने ।

ओलीले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने बताए । ‘पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट मात्र थाहा भयो । उहाँलाई दुई पटक पार्टीले राष्ट्रपतिमा पठाएको हो । अहिलेको संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो । उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन ।’ उनले भने ।

उनले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टीभित्र छलफल हुने भएपनि पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नहुने समेत बताए । पार्टीका विरुद्ध ठुलो सङ्गठित हमला भइरहेको उल्लेख गर्दै उनले पार्टी भित्रबाट भएका हमला रोकिनुपर्ने बताए ।

पूर्व राष्ट्रपति भण्डारीले भने आफ्नो सदस्यता नविकरण भै सकेको बताउँदै पार्टी अध्यक्षमा आफ्नो दाबी रहने बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १५ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण