२९ असार २०८३, सोमबार | July 13, 2026

अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा



काठमाडौं । राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै निर्वाचन आयोग पुगेका छन्।

गिरीले आफूलाई पार्टी उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट निष्कासन गरिएकोप्रति आपत्ति जनाउँदै त्यसलाई स्वेच्छाचारी र विधानविपरीतको कदम भनेका छन्।

गिरीले आयोगमा निवेदन दिँदै भनेका छन्, “पार्टीको विधानविपरीत मलाई न उपाध्यक्ष बनाइयो, न केन्द्रीय सदस्य रहने ठाउँ दिइयो। त्यो पनि सामाजिक सञ्जालमार्फत जानकारी दिइयो, जुन अत्यन्त दुःखद् हो।”

उनका अनुसार कारबाहीको प्रक्रिया पूर्णतः असंवैधानिक ढंगले अघि बढाइएको छ। “कसैलाई कारबाही गर्नुपर्दा विधानअनुसार केन्द्रीय समिति हुँदै अनुशासन समिति मार्फत प्रक्रिया अघि बढ्नुपर्छ। सफाइ दिने अवसरसमेत दिनुपर्छ। तर अध्यक्षले स्वेच्छाचारी ढंगले निर्णय गरेका छन्,” गिरीले स्पष्ट पारे।

गिरीले आफूविरुद्धको कारबाहीले आफ्नो लामो राजनीतिक जीवन र छविमा आघात पु¥याएको आरोपसमेत लगाएका छन्। उनले पार्टीभित्रको असहमति र मतभेद समाधान गर्न वैधानिक प्रक्रियाको पालना आवश्यक भएकोमा जोड दिएका छन्।

गिरीलाई साथ दिन राप्राको संस्थापन संस्थापनइतर समूहका नेताहरु पनि आयोग पुगेका थिए ।

 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : १९ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका