१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सेयर कारोबारी दिपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने



काठमाडौं। करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्।

उनीमाथि अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो ।

त्यसपछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।

जनकपुरका दिनेशप्रसाद साहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिए पछि प्रहरीले सेयर कारोवारी अग्रवालको खोजी थालेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : ०८ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै