१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते



झापा । हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् ।

स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उनको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन् । घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ ।

घाइते चारै जनालाई स्थानीयवासीले भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारका लागि पुर्‍याइएका थिए । घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेलाई विराटनगर रेफर गरिएको बताइएको छ ।

आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यसैगरी, कचनकबल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजवंशीको भान्सा घरमा सोमवार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुलो डढेर क्षति भएको छ ।

आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले