२९ असार २०८३, सोमबार | July 13, 2026

विद्या भण्डारी राजनीतिमा फर्किंदा लोकतन्त्रलाई घाटा, सदस्यता स्वतः निष्क्रिय : एमाले



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकबारे पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने उनको नाइ छ ।

‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’

पोखरेलले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताए ।

एमालेको सदस्यता नविकरण नहुँदा उनी घरमै बस्छिन् भन्ने पार्टीको अपेक्षा नरहेको उनको भनाइ छ । उनी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।

पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताए । ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन्, हामीले कसैलाई छेकेका छैनौ,’ महासचिव पोखरेलले भने, ‘तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : २८ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले