काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन्।
यससम्बन्धी जानकारी बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा दिइएको हो। मनोनीत गरिएका नेताहरूको नाम अब केन्द्रीय कमिटीबाट अनुमोदन हुने जनाइएको छ।
यसैबीच, एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ। भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पनि केन्द्रीय कमिटीबाट अनुमोदनका लागि प्रस्तुत गरिनेछ।
















प्रतिक्रिया