४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्रेनको डोरी चुडिँदा एक मजदूरको मृत्यु



दोलखा । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा आज एक मजदूरको मृत्यु भएको छ ।

जिल्लाको गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, ‘हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको हो ।’ पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए ।

टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेका मजदूरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरेको जिप्रकाले जनाएको छ । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ३ : ५७ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता