७ पुस २०८२, सोमबार | December 22, 2025

निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ



चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो ।

गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका एक सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर बताउनुभयो । अनुमतिबिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने छ, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिए।

पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता भएका बताउँदै मगरले जिल्ला अदालतमा चार वटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएका जानकारी दिए। अदालतमा दर्ता गरिएका मुद्दामा सालक, गैँडा, बाघसम्बन्धी रहेका छन् ।

निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला गरिएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा रहेका छन् ।

 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : २० बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि