१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बागमती कांग्रेसमा भाँडभैलो, मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामालाई हटाउन सोही पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस बागमती प्रदेशसभाका २१ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि आजै मात्र चारजना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन रहेका छन्।

२१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको सांसदहरूको बैठकपश्चात दर्ता गरिएको हो।

लामा नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर पार्टीभित्र गहिरो असहमति देखिएको थियो। बजेटप्रति व्यापक असन्तुष्टि जनाउँदै पार्टीकै सांसदहरू नेतृत्व परिवर्तनको पक्षमा उभिएको एक सांसदले बताएका छन्।

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेकोले लामालाई मुख्यमन्त्री पदबाट हटाउने प्रक्रिया संसदीय दलबाटै सुरु गरिएको हो।

बागमती कांग्रेसमा लामा र बानियाँ गुटबीच चरम विवाद चल्दै आएको छ । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको चुनावमा लामा र बानियाँबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो, जसमा लामाले २१ मत प्राप्त गर्दै विजयी भएका थिए भने बानियाँले १६ मतमा सीमित भएका थिए।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले