२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारी छाप दुरुपयोग तथा नक्कली लालपुर्जा प्रकरणमा बुटवलका मालपोत अधिकृत पक्राउ



बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्।

सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अर्याललाई पक्राउ गरेको हो । अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित सरकारी छापको दुरुपयोग तथा नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी विरुद्धपनि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

उनीहरूले घुस रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेको स्रोतको दाबी छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाउँदै डीएसपी सापकोटाले पक्राउ पुर्जी जारी भएका अन्य कर्मचारीको बारेमा भने केही बताउन चाहेनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ३१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन