१ पुस २०८२, मंगलबार | December 16, 2025

विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित



काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

माओवादी केन्द्रमा समाहित भएका नेताहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे।

सो अवसरमा नेकपा (विप्लव) को सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ३ : ४२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको