२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बागमती कांग्रेस संसदीय दलको बैठकमा लामा विरुद्ध अविश्वास प्रस्तावको छिनोफानो हुँदै



हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज हेटौँडामा बस्दैछ।

बिहान १० बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। कांग्रेस संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर उत्पन्न विवादको टुंगो आजको बैठकले लगाउने अपेक्षा गरिएको छ।

गत शुक्रबार कांग्रेसका २१ जना प्रदेश सांसदले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यद्यपी, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले आफूहरूको सहमति बेगर हस्ताक्षर गराइएको भन्दै नाम फिर्ता लिएका छन्।

कुल ३७ जना सांसद रहेको दलमा नेताविरोधी प्रस्ताव पारित गर्न कम्तीमा १९ मत आवश्यक पर्छ। प्रस्ताव दर्तापछि विधानअनुसार मुख्यमन्त्री लामाले आफ्नो पक्षमा बहुमत सांसदको समर्थन रहेको प्रमाणित गर्नुपर्ने अवस्था छ।

उक्त प्रस्ताव कांग्रेस प्रदेश सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता गरिएको हो। प्रस्ताव दर्ताअघि सरकारमा सहभागी कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका थिए। १४ मन्त्रालयमध्ये कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये चार मन्त्रीको राजीनामा नेतृत्वप्रतिको असन्तुष्टिको संकेतका रूपमा लिइएको छ।

अविश्वास प्रस्तावमा जनतामाझ कांग्रेसको लोकप्रियता घट्दै गएको, प्रदेश सरकारका कामप्रति व्यापक असन्तोष देखिएको तथा पार्टीको छविमा नकारात्मक असर परेको उल्लेख छ। यस अवस्थालाई सुधार्न वर्तमान नेताको नेतृत्व अपर्याप्त भएकोले संसदीय दलको नेतृत्व परिवर्तन अपरिहार्य भएको बानियाँ पक्षको तर्क छ।

मुख्यमन्त्री लामाले राजीनामा नदिए मतविभाजनमार्फत नयाँ नेता चयन गर्ने प्रक्रिया अघि बढ्नेछ। यद्यपी लामाले आफुले राजीनामा नदिने बताइसकेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २५ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप