२६ बैशाख २०८३, शनिबार | May 9, 2026

मुख्यमन्त्री बहादुर सिंह लामाले गुमाए कांग्रेस प्रदेशसभा संसदीय दलको नेतृत्व



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालेनेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताको पद गुमाएका छन् ।

कांग्रेस बागमती संसदीय दलमा मंगलबार भएको मत विभाजनपछि उनी विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो । अविश्वास प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट हटाइएका छन् ।

मुख्यमन्त्री लामाको पक्षमा १५ जना सांसद मात्र उभिए भने उनको विपक्षमा २२ जना सांसद खडा भए । ती २२ सांसदले लामाका मुख्य प्रतिस्पर्धी ईन्द्रबहादुर बानियाँको पक्षमा खुलेका छन् । कांग्रेसका बागमती प्रदेशमा कुल ३७ जना सांसद रहेका छन्। लामा र बानियाँ दुवै कांग्रेसभित्र सभापति शेरबहादुर देउवा गुटलाई समर्थन गर्छन् ।

अब भोलि नयाँ संसदीय दल नेताको निर्वाचन हुने भएको छ । आजको मतपरिणाम हेर्दा इन्द्र बानिँया स्वतः संसदीय दलको नेता बन्ने निश्चित भएको छ । यद्यपी, संसदीय दल नेताको हैसियत गुमाइसकेका लामा पुनः प्रतिस्पर्धामा आउने वा नआउने विषय अझै स्पष्ट भएको छैन।

संसदीय दलको नेता बनेपछि आफु मुख्यमन्त्री बन्ने बानियाँको तयारी छ । यद्यपी, लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिएसम्म बानियाँ मुख्यमन्त्री बन्न भने पाउनेछैनन् । लामाले या त स्वेच्छाले राजीनामा दिनुपर्छ या त प्रदेशसभा बैठकबाट अविश्वासको प्रस्ताव पारित हुनुपर्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ५६ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप