काठमाडौँ । समाजवादी मोर्चाले देशमा व्यापक निराशा र आक्रोश बढेकाले ठहर गर्दै त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाने र देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।
दशब्यापी संघर्षको कार्यक्रम गर्ने बारे निर्णय भएको विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।उनले मोर्चाका सदस्यहरुबीचको सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको समेत बताए ।
समाजवादी मोर्चालाई अहिलेको वस्तस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले जानकारी दिए ।
समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको प्रवक्ता विश्वकर्माले बताए ।


















प्रतिक्रिया