३२ असार २०८३, बिहिबार | July 17, 2026

सैनिक कल्याणकारी कोषको स्वर्ण जयन्ती : सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोषमार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे ।

संयुक्त राष्ट्रसङ्घको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिइ राज्यको दायित्वसमेत कम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताए ।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रममार्फत सेवानिवृत्त भएपश्चात्समेत ससम्मान जीवन व्यतित गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ”, प्रधानमन्त्री ओलीले भने, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमूलक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरोतर्फबाट थप पहल हुनेछ ।”

उनले कोषद्वारा सञ्चालित शिक्षण संस्थाको नतिजालाई अध्ययन गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकामा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालय र विद्यालयमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा ख्याति प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त गरे ।

उनले नेपाली सेनाले कल्याणकारी कार्यक्रमको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र सञ्चालनमा योगदान दिने अगुवाहरूलाई सम्मान प्रदान गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : २९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना