२८ चैत्र २०८२, शनिबार | April 11, 2026

काश्मिर मामिलामा पाकिस्तानी दूतावासद्वारा काठमाडौंमा छलफल कार्यक्रम



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंमा “योम-ए-इस्तेहसाल: राजनीतिक र मानव अधिकार सम्बन्धी प्रभाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको छ । सो छलफल कार्यक्रम काश्मिर मामिला विषयमा केन्द्रित थियो ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका सन्देशहरू कार्यक्रममै वाचन गरिएको थियो।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाएको सन्देशमा उनले भारत प्रशासित जम्मु-कश्मीरका जनताप्रति पाकिस्तानको दृढ समर्थन रहेको जनाएका छन् । उनले दक्षिण एशियामा स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावअनुसार कश्मीर विवादको समाधान आवश्यक रहेको जिकिर गरे ।

प्रधानमन्त्री मियाँ मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा भने कि पाकिस्तान कश्मीरी जनताको पक्षमा दृढ रूपमा उभिएको उल्लेख गर्दै एकपक्षीय रुपमा स्थिति बदल्न नसक्ने बताए । उनले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति निरन्तर समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इस्हाक डारले आफ्नो सन्देशमा भारतले जम्मुकाश्मिर क्षेत्रको जनसांख्यिकीय तथा राजनीतिक स्वरूप परिवर्तन गर्ने प्रयास गर्दै आएको छ आरोप लगाए ।

कार्यक्रममा राजदूत अबरार एच. हाश्मीले दक्षिण एशियामा स्थायी शान्ति कश्मीर विवादको न्यायपूर्ण समाधानबिना सम्भव नरहेको जिकिर गरे।

सहभागीहरूको प्रश्नहरूको उत्तर दिँदै उनले उनीहरूको सुझावको कदर गर्दै काश्मिरका जनताप्रति देखाइएको समर्थनका लागि आभार व्यक्त गरे।

सहभागीहरूले भारत सरकारले एकपक्षीय रूपमा चालेका कदमले कश्मीरमा जनताले भोग्नुपरेको पीडालाई अन्तर्राष्ट्रिय रूपमा उठाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले नेपाल सरकारलाई भारत–पाकिस्तानबीचका विवाद समाधान गर्न पहल गर्नुपर्ने सुझावसमेत दिए।

कार्यक्रममा पत्रकार, लेखक, विश्लेषकहरू साथै मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २२ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र