१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण



बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।

मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का छ जना र कांग्रेसबाट दुई गरी आठ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा एमालेका मधुसुदन पौडेल कृृषि तथा पशुपंक्षी विकासमन्त्री, डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावारणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त भएका छन ।

यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन । नवनियुक्त मन्त्रीहरूलाई आज प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा