१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकता : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सडक पूर्वाधार निर्माणलाई सरकारले उच्चप्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो को उद्घाटन गर्दै मन्त्री पौडेलले सडक पूर्वाधार निर्माण सरकारको उच्चप्राथमिकतामा रहेको बताएका हुन् । उनले मुलुकको समग्र आर्थिक विकासमा यातायात (मोबिलिटी) क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकार यस क्षेत्रको गुणस्तरीय सडक पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको जनाए । उनले देशका प्रमुख सडक आयोजना-एक्सप्रेसवे, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र काठमाडौं-निजगढ द्रुतमार्ग-लाई तीव्र गतिमा अगाडि बढाउने काम भैरहेको जानकारी दिए।

अर्थमन्त्री पौडेलले सहरी क्षेत्रलाई धुलो तथा हिलोमुक्त बनाउनेतर्फ पनि सरकार विशेष ध्यान दिइरहेको पनि बताए । उनले भने, ‘सहरी क्षेत्रलाई धुलो तथा हिलोमुक्त बनाउनेतर्फ पनि सरकारले विशेष ध्यान दिइरहेको छ।’

कार्यक्रममा नाइकाका अध्यक्ष रितुसिंह वैद्यले उपयुक्त प्रदर्शनीस्थलको अभावले समस्या भइरहेको बताएकी थिइन । वैद्यलाई जवाफ दिँदै अर्थमन्त्री पौडेलले टुकुचा पश्चिम क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनीस्थल निर्माणका लागि चालु वर्षकै बजेटमा व्यवस्था गरिएको जानकारी दिँदै आगामी तीन वर्षभित्र सो निर्माण सम्पन्न हुने बताए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : ३९ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०