१५ माघ २०८२, बिहिबार | January 30, 2026

सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकता : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सडक पूर्वाधार निर्माणलाई सरकारले उच्चप्राथमिकतामा राखेको बताएका छन् ।

बुधबार काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो को उद्घाटन गर्दै मन्त्री पौडेलले सडक पूर्वाधार निर्माण सरकारको उच्चप्राथमिकतामा रहेको बताएका हुन् । उनले मुलुकको समग्र आर्थिक विकासमा यातायात (मोबिलिटी) क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकार यस क्षेत्रको गुणस्तरीय सडक पूर्वाधार निर्माणमा प्रतिबद्ध रहेको जनाए । उनले देशका प्रमुख सडक आयोजना-एक्सप्रेसवे, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र काठमाडौं-निजगढ द्रुतमार्ग-लाई तीव्र गतिमा अगाडि बढाउने काम भैरहेको जानकारी दिए।

अर्थमन्त्री पौडेलले सहरी क्षेत्रलाई धुलो तथा हिलोमुक्त बनाउनेतर्फ पनि सरकार विशेष ध्यान दिइरहेको पनि बताए । उनले भने, ‘सहरी क्षेत्रलाई धुलो तथा हिलोमुक्त बनाउनेतर्फ पनि सरकारले विशेष ध्यान दिइरहेको छ।’

कार्यक्रममा नाइकाका अध्यक्ष रितुसिंह वैद्यले उपयुक्त प्रदर्शनीस्थलको अभावले समस्या भइरहेको बताएकी थिइन । वैद्यलाई जवाफ दिँदै अर्थमन्त्री पौडेलले टुकुचा पश्चिम क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनीस्थल निर्माणका लागि चालु वर्षकै बजेटमा व्यवस्था गरिएको जानकारी दिँदै आगामी तीन वर्षभित्र सो निर्माण सम्पन्न हुने बताए।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ११ : ३९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला