३२ असार २०८३, बिहिबार | July 17, 2026

कालीकोटमा कोभिड-१९ विशेष अस्पताल सञ्चालन



कालिकोट । कालिकोट जिल्लामा कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार अस्पतालको शुभारम्भ गरेका छन् ।

अस्पताल शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले अन्य प्रदेशमा भन्दा कर्णालीमा कोरोना सङ्क्रमित कम रहेको जिकिर गरे । शाहीले भने, “कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब हट्नेछ ।”

मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन ।

‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो। प्रदेश सरकारको एक करोड ७० लाख बजेटमा विशेष अस्पताल तयार भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज शाहीले अबका दिनमा जिल्लावासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउन नपर्ने बताए ।

कालिकोटका नौवटा स्थानीय तहमा बनाइएका साबिकका क्वारेन्टिन नै अहिले आइसोलसन बनेका छन् । ती तहले आफ्नो पालिकामा देखिएका सङ्क्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमी नहुने बताइएको छ ।

विशेष अस्पतालमा हाल ५४ शैयाको तयारी पूरा भएको छ । एकीकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर एक गरी जम्मा ५४ श्ययाको तयार गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका कटकबहादुर महतका अनुसार जिल्लामा अहिले सयजना क्वारेन्टिनमा छन् । कोरोना सङ्क्रमित तिलागुफा नगरपालिकामा मात्र २० जना आइसोलेसनमा रहेको महतले जानकारी दिए ।-रासस

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १२ : ३२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना